जित्नै पर्ने दवावमा अर्जेन्टिना, पोल्याण्डलाई बराबरी भएपनि ठीकै

जित्नै पर्ने दवावमा अर्जेन्टिना, पोल्याण्डलाई बराबरी भएपनि ठीकै

केन्द्रबिन्दु
0
Shares

कतार विश्वकपमा आज बेलुकी अर्जेन्टिना र पोल्याण्ड भिड्दै छन् । आजको खेलमा अर्जेन्टिनालाई जित्नै पर्ने दवाव रहेता पनि पोल्याण्ड भने बराबरी गरे मात्रै पनि नकआउट चरणमा पुग्नेछ । तर यदि अर्जेन्टिनाले बराबरी गरेमा उसले साउदी र मेक्सिको बिचको नतिजामा निर्भर रहनुपर्ने हुन्छ । जारी विश्वकपमा तेस्रो चरणको खेल सकिदासम्म पूर्व विजेता फ्रान्स, ब्राजिल, पोर्चुगल, इङ्ल्याण्ड, सेनेगल, अमेरीका तथा नेदरल्याण्ड नकआउट चरणमा प्रवेश गरिसकेका छन् । 

जारी विश्वकपमा पोल्याण्डका सुपर स्टार रोबर्ट लेवान्डोस्कीको पफर्मेन्स दोस्रो चरणको खेलदेखि निकै सुधारिएको छ । पहिलो चरणमा मेक्सिको विरुद्ध पेनाल्टी मिस गरेको क्षणलाई भुल्दै लेवान्डोस्कीले दोस्रो खेलमा साउदी विरुद्ध एक गोल गर्नुका साथै अर्को गोलका लागि मद्धत पनि गरेका थिए । उता अर्जेन्टिनाका क्याप्टेन तथा मुख्य खम्बा लियोनल मेस्सीको प्रदर्शन पनि लेवान्डोस्कीको भन्दा कम छैन् । 

उनी पनि आफ्नो पहिलो खेलमा पेनाल्टीबाट एक गोल गरेपनि आफ्नो टोलीलाई भने साउदी विरुद्धको हारबाट जोगाउन सकेनन । यस्तै दोस्रो चरणको खेलमा मेस्सीकै निर्णायक प्रदर्शनका कारण अर्जेन्टिनाले मेक्सिको विरुद्ध २–० को जित निकालेको थियो । यस्तोमा आज बेलुकी हुने खेलका लागि यी दुई खेलाडी आ–आफ्ना राष्ट्रका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्न चाहन्छन । पोल्याण्डले पछिल्ला ४ खेलमा १ गोल पनि नखाइ ४ गोल गरिसकेको छ ।

यता अजेन्टिना भने जारी प्रतियोगिताको पहिलो खेलमै एसियन राष्ट्र साउदी विरुद्धको खेलमा २ गोल खाएको थियो । पहिलो खेलमा निराश अर्जेन्टिना दोस्रो खेलमा मेक्सिकोलाई हराउँदै उच्च मनोबलका साथ आज बेलुकी कतारस्थित ९७४ रंगशालामा उत्रने छ । 

विगतमा यी दुई टोलीको प्रदर्शन…
विगत दुई पटकको विश्व विजेता अर्जेन्टिना आफैमा बलिया टोली हो । पहिलो पटक यी दुई टोली सन् १९७८ मा आमनेसामने हुँदा अर्जेन्टिनाले २–० गोलले जितेको थियो । सो संस्करणमा अर्जेन्टिना विश्व विजेता भएको थियो । यस्तै यी दुई टोलीको दोस्रो भेट सन् १९७४ मा पनि भएको थियो । दोस्रो भेटमा पोल्याण्डले अर्जेन्टिनालाई ३–२ गोलले हराउँदै पहिलो हारको बदला लिएको थियो । 

पोल्यान्ड आजको खेल जिती सन् १९८६ यता पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्न चाहन्छ भने, अजेन्टिना पनि मेस्सीको नेतृत्वमा नकआउट चरण पार गर्न चाहन्छ । 

अर्जेन्टिनाका लागि मुख्य खेलाडी 
लियोनल मेस्सी 

अर्जेन्टिना र बाँकी विश्वले डिसेम्बरको टूर्नामेंट समाप्त हुने बित्तिकै फुटबला महान खेलाडीहरूमध्ये एक मेस्सीलाई अन्तराष्ट्रिय खेलबाट बिदा गर्न सक्छ । लियोनल मेस्सी अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रवेश गरेको १८ वर्ष भइसक्यो । उनी अझै पनि अर्जेन्टिनाको प्रतिनिधित्व गर्ने सबैभन्दा कान्छो खेलाडीको उपाधि राख्छन् । मेस्सीले जर्मनीमा भएको सन् २००६ को विश्वकपमा डेब्यु गरेका थिए । मेस्सीको करिअरको बारे भन्नुपर्दा– उनी उत्कृष्ट क्लब करियरको साथमा, विश्व कप जित्नु बाहेक एक खेलाडीले आशा गर्ने लगभग सबै सफलताहरु हासिल गरिसकेका छन् । 

मेस्सीले आफ्नो करिअरमा सबैभन्दा बढी अर्थात सातपटक बालेन ‘डी’ ओरको अवार्ड हात पारेका छन् । अधिकांश कीर्तिमानहरुमा मेस्सी र रोनाल्डो अघिपछि देखिन्छन् । सन् २००८ देखि २०१८ सम्म फिफा वर्ष खेलाडी अवार्ड यी दुईबाहेक अन्य खेलाडीको पोल्टामै परेन । सोहि कारण मेस्सीले यो संस्करणको विश्वकपमा अद्भभुत प्रर्दशन गर्दै अर्जेटिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाएर आफ्नो अन्तराष्ट्रिय करिअरबाट बिश्राम लिन चाहन्छन् । 

मेस्सीले जारी सिजन क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का लागि २६ गोल गरिसकेका छन् । जारी सिजन मेस्सीभन्दा अघि अर्लिङ हालान्ड र नेमार मात्रै छन् । जारी प्रतियागितामा मेस्सीले २ खेल खेल्दै २ महत्वपूर्ण गोल गरिसकेका छन् । विश्वकपमा भने उनले आठ गोल गरी अर्का अर्जेटाइन लेजेन्ड डियगो म्याराडोनासँग बराबरी गर्ने लक्ष्यको नजिक पुगिसकेका छन् । आज मेक्सिकोविरुद्ध उनको प्रदर्शन महत्वपूर्ण हुनेछ ।

 

पोल्याण्डका लागि मुख्य खेलाडी 
(रोबर्ट लेवान्डोस्की) 

पोल्याण्डका लागि दोस्रो पटक रोबर्ट लेवान्डोस्की शीर्ष पाँच युरोपियन लिगमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । अघिल्लो सिजन पाँच युरोपियन लिगमा ५० गोलको कोशेढुंगा पूरा गरेका लेवान्डोस्कीलाई बालोन डी’ओर विजेता करिम बेन्जमाले ४४ गोलसहित पछ्याएका थिए । बार्सिलोनाका स्ट्राइकर लेवान्डोस्कीले मेक्सिकोविरुद्धको खेलमा गोल गर्न नसक्दा भने निरास बनेका थिए । तर, साउदी अरेबियाविरुद्धको खेलमा एक गोलसँगै अर्को गोलका लागि असिस्ट गरेका थिए । 

युरोपेली फुटबलका प्रभावशाली फरवार्ड लेवान्डोस्कीको विश्वकपमा त्यो पहिलो गोल हो । पोल्यान्डबाट एक सय ३६ खेल खेलेका लेवान्डोस्कीले ७७ गोल गरेका छन् । सन् २०१८ विश्वकपमा डेब्यू गरेका लेवान्डोस्कीको टिम चार वर्षअघि समूह चरणबाट बाहिरिएको थियो । समूह चरणका तीन खेलमा पोल्यान्डले दुई गोल गरे पनि लेवान्डोस्कीले भने गोल गर्न सकेका थिएनन् । 

 

 

Skip This
Skip This
Logo