ललितकलासँग सम्बन्धित सामग्रीको आयात शुल्क छुट गर्न माग

ललितकलासँग सम्बन्धित सामग्रीको आयात शुल्क छुट गर्न माग

केन्द्रबिन्दु
0
Shares

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले ललितकलासँग सम्बन्धित सामग्रीहरुको आयात शुल्क छुट गर्न सरकारसँग माग गरेको छ । 

बिहीवार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञ सभाको समुद्घाटन समारोहमा बोल्दै प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले सरकारसँग ललितकला सम्बन्धि विभिन्न विषयमा नीतिगत सुधारको माग गरिएको बताए । उनले सरकारले ललितकलासँग सम्बन्धित वस्तुहरुको निर्यातमा सुविधा दिनुपर्ने बताए । 

नेपाली परम्परागत वा आधुनिक कलाकृति खरिद बिक्रीमा लिलामी प्रणाली अपनाउनुपर्ने उनको भनाई छ  । 

उनले भने- ‘हामीले केही नीतिगत कुराहरु अघि सारेका थियौँ । निर्यातजन्य ललितकलासँग सम्बन्धित बस्तुहरुको निर्यातमा सुविधामा सुधार गर्ने । कला, सिर्जनाका लागि आवश्यक रङ, ब्रस, यन्त्र तथा अन्य सामानहरुको आयातमा भन्सार शुल्क र कर छुट दिने । नेपाली परम्परागत वा आधुनिक कलाकृति खरिद विक्रीमा बजार व्यवस्था लिलामी प्रणाली अपनाउन र प्रोत्साहन गर्न नीति, नियम र कानूनी सुधार हुनुपर्ने । सातै प्रदेशमा कला गतिविधि हुनु र क्षेत्रिय कला प्रदर्शनी र प्रतियोगिता गराई छनौट भएका कलाकृतिहरु राष्ट्रिय कला प्रदर्शनीमा समावेश गराउने व्यवस्था गर्न र क्षेत्रहरुमा प्रतिष्ठानका शाखाहरुको व्यवस्था हुनुपर्ने ।’ 
 
यस्तैगरी प्रतिष्ठानले अन्तर्राष्ट्रिय कला प्रदर्शनी जस्ता अन्तर्राष्ट्रियस्तरका गतिविधि हुनुपर्नेमा जोड दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ललितकला क्षेत्रमा योगदान दिने कलाकारहरुहरुलाई उच्चस्तरको पदक र पुरस्कारको व्यवस्था गर्नुपर्ने कुलपति कर्माचार्यले बताए । 

Logo