दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) की नेतृ रेखा शर्माले सरकारको नेतृत्व आलोपाले गर्ने निर्णय भएको तर पहिला कसले नेतृत्व गर्ने भन्ने बारेमा सहमति जुटाउनुपर्ने बताएकी छन् ।
शुक्रवार बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली काँग्रेसको प्रधानमन्त्रीमा दाबी रहनु स्वाभाविक भएको पनि बताएकी हुन् । उनले पार्टीबाट प्रधानमन्त्रीको लागि को आउने भन्ने निर्णय पार्टीको मात्रै भएको बताउँदै यसको विषयमा बाहिरबाट टिका टिप्पणी हुन आवश्यक नरहेको बताइन् ।
नेतृ शर्माले पार्टीले मन्त्री पद दिए आफू जिम्मेवारी पूरा गर्न सक्षम रहेको पनि बताइन् । उनले लुम्बिनी प्रदेशको राजधानी तोक्ने विषयमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा भएपनि माओवादीको समर्थन र अग्रसरताले मात्रै सम्भव भएको बताइन् ।
उनले भनिन्, ‘कुनै एउटा पार्टीले मात्रै सरकार बनाउन सम्भव छैन, त्यसैले छलफलमा छौँ । प्रधानमन्त्री को हुन्छ भन्ने विषय छ, त्यो सहमतिका आधारमा ल्याउनुपर्छ भन्नेकुरा हो । आलोपालो प्रधानमन्त्री बन्ने भन्नेकुरा शीर्ष नेताहरु बसेर छलफल गर्नुभएको छ, बाहिर सार्वजनिक भएकै कुरा हो । कोबाट शुरुवात हुन्छ भन्नेकुरा सहमतिमा गर्नुपर्छ । को व्यक्ति हुन्छ भन्नेकुरा प्रधान होइन, गठबन्धनले के गर्छ भन्नेकुरा महत्वपूर्ण छ । देश विकास, समृद्धि, संविधानको रक्षाका कुराहरु धेरै महत्वपूर्ण छन् । देशको समृद्धिका लागि नयाँ ढंगले सोच्नुपर्ने जरुरी छ । पार्टीलाई कमजोर बनाउनु भनेको व्यवस्था कमजोर हुनु हो । व्यवस्था कमजोर भनेको देश कमजोर हो । गठबन्धनबाट दायाँबायाँ हुनु हुँदैन ।’
नेतृ शर्माले राजनीतिक दलहरूले युवाहरूलाई पनि सम्मानजनक रूपमा अगाडि बढाउनुपर्ने सुझाव दिइन् । उनले युवाहरूको जबर्जस्ती हस्तक्षेप भन्दा पनि नयाँ भिजन र सोचका साथ अगाडि बढ्दा मुलुक सही मार्गमा जाने स्पष्ट पारिन् ।































प्रतिक्रिया