नेकपा प्रचण्ड-नेपाल समूह : भोलि हुने विरोध सभाको तयारी पूरा

नेकपा प्रचण्ड-नेपाल समूह : भोलि हुने विरोध सभाको तयारी पूरा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा विघटनको विरुद्दमा शुक्रबार काठमाडौंमा गर्ने विरोध सभाको तयारी पूरा भएको जनाएको छ ।

बिहिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रीय संघर्ष समितिका सहसंयोजक तथा प्रवक्ता योगेश भट्टराईले शुक्रबार गरिने विरोध सभाको तयारी पूरा भएको जानकारी दिए । उनले पार्टीको स्थायी कमिटी सदस्यसहितका नेताहरुको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका, वाल्मिकी क्याम्पस लगायतका स्थानबाट जुलुस निस्किने बताए।

त्यसैगरी, उपत्यकाका विभिन्न ठाउँबाट निस्किएको जुलुश रत्नपार्कमा जम्मा भई मुख्य जुलुशमा परिणत हुने उनको भनाइ छ । मुख्य जुलुश पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालको नेतृत्वमा रत्नपार्क, सुन्धारा, भद्रकाली, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने नेता भट्टराईले जानकारी दिए। विरोधसभामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने उनले बताए।

सह–संयोजक भट्टराईले विरोध प्रदर्शन तथा सभा शान्तिपूर्ण हुने बताए । नेकपा प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा सुचारु नहुञ्जेलसम्म संघर्षको कार्यक्रम जारी रहने बताए ।

संयोजक श्रेष्ठले संघर्षको कार्यक्रमले संवैधानिक अंगलाई संविधानले निर्दिष्ट गरेको भूमिका स्वतन्त्रतापूर्वक निर्वाह गर्नको निम्ति वातावरण निर्माण हुने दाबी गरे।

Skip This
Skip This
Logo