दोलखामा माओवादीका कार्कीलाई १६३ मतको अग्रता

दोलखामा माओवादीका कार्कीलाई १६३ मतको अग्रता

केन्द्रबिन्दु
0
Shares

दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीको अग्रता कायमै रहेको छ ।

हालसम्मको मतगणनामा कार्कीले ३३ हजार तीन सय २६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले हालसम्म ३३ हजार एक सय ६३ मत प्राप्त गरेका छन् । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेकामा जम्मा ८५ हजार तीन सय ८८ मत खसेको थियो । सो क्षेत्रमा १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेशसभा २ मा नेकपा एमालेका भरत केसी र १ मा कांग्रेसका कुन्दनराज काफ्ले निर्वाचित भइसकेका छन् ।

Skip This
Skip This
Logo