सत्ता गठबन्धनको संयुक्त विज्ञप्तिः ‘स्थायित्व र आर्थिक समृद्धिका लागि सहकार्य जरुरी’

सत्ता गठबन्धनको संयुक्त विज्ञप्तिः ‘स्थायित्व र आर्थिक समृद्धिका लागि सहकार्य जरुरी’

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच अहिलेकै गठबन्धनलाई निरन्तरता दिन सहमति भएको छ । सोमबार सत्ता गठबन्धनका शीर्ष नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको हो ।

बैठकपछि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै हालै सम्पन्न निर्वाचनको नतिजाले सहकार्य गर्दै अघि बढ्न सन्देश दिएको बताएका छन् । साथै मुलुकका विद्यमान समस्याको सामना गर्नुपर्ने आवश्यकताका कारण गठबन्धन जरुरी रहेको निष्कर्ष निकालिएकाे छ । 

‘हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको छ। मुलुकका सामु विधमान चुनौतीहरुको सामना गर्नु पर्ने आवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ। निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अधि बढ्न पर्ने स्पष्ट सन्देश दिएको छ।’ विज्ञप्तिमा उल्लेख छ । 

निर्वाचनका दौरानमा देखिएका असमझदारीहरुलाई उचित समिक्षा र सम्बोधन गरिने बताउँदै गठबन्धनले जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

Skip This
Skip This
Logo