महाकाली नदी तटबन्धबारे भारतलाई कूटनीतिक नोट

महाकाली नदी तटबन्धबारे भारतलाई कूटनीतिक नोट

केन्द्रबिन्दु
0
Shares

सरकारले महाकाली नदी अतिक्रमण गरी एकतर्फी रुपमा भइरहेको तटबन्ध निर्माण तुरुन्त रोक्न भारतलाई कुटनीतिक नोट पठाएको छ । मंगलबार परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत सो सम्बन्धमा नेपालको धारणासहितको कूटनीतिक नोट पठाएको जानकारी दिएको हो । 

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार सो कूटनीतिक पत्राचारमा नेपालको सहमतिबिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नु परे दुवै देशको सहमति र समन्वय हुन पर्ने उल्लेख गरिएको छ ।

महाकाली नदी नेपालतर्फ धकेलिने गरी दुई वर्षदेखि तटबन्ध बनाइरहेको भारतले पछिल्लो समय खलंगाबाट धारचुला जोड्ने पुलमुनि पक्की संरचना निर्माण गरिरहेको छ । सो क्रममा नेपाली पक्षले आइतबार पुल अवरुद्ध गरेर निर्माण रोक्न माग गर्दा भारतीय पक्षबाट ढुंगा प्रहारबाट केही नेपाली घाइते भएका थिए । भारतीय रवैयाविरुद्ध नेपालतर्फ जनस्तरबाटै विरोध भएपछि मंगलबार कूटनीतिक नोट पठाइएको हो । 

Logo