घरेलु टोली नामिबियाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा टस हारेर व्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएका हो । नामिबियाका लागि मिचेल भान लिंगेनले शतक प्रहार गरे । उनले १११ बलमा सर्वाधिक ११९ रन जोडे । त्यस्तै, कप्तान गेर्हार्ड इरामुसले ५३ रनको अर्धशतकिय इंनिङ्स खेले भने जान निकोल लफ्टि इटनले ४० रन जोडे ।
बलिङतर्फ नेपालका ललित राजवंशीले ४ विकेट लिए । साथै सोम्पाल कामी २ विकेट र सागर ढकालको नाममा एक विकेट रह्यो ।





























प्रतिक्रिया