गोंगबु हत्या प्रकरण : घटनामा संलग्नको आशंकामा चितवनबाट एक महिला पक्राउ

गोंगबु हत्या प्रकरण : घटनामा संलग्नको आशंकामा चितवनबाट एक महिला पक्राउ

केन्द्रबिन्दु
0
Shares

चितवन ।

काठमाडौंको गोंगबु हत्या प्रकरणमा संलग्न रहेको आरोपमा चितवनबाट एक महिला पक्राउ परेकी छिन् । दाङका कृष्णबहादुर बोहराको हत्या गरेर फालेको आरोपमा चितवनबाट कल्पना शाही पक्राउ परेकी हुन् । काठमाडौंबाट आएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेर लगेको छ। हत्या आरोपमा अनुसन्धानको लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

स्थानीयले सुटकेसमा रगत देखिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सुटकेस खोल्दा घाँटीभन्दा मुनिको भाग र घुँडाभन्दा माथिको भागको काटेर राखिएको अवस्थामा भेटिएको हो । सुटकेसमा जीउ मात्रै भेटिएकाले शरीरका अन्य भाग भेट्टाउन प्रहरीले तालिम प्राप्त कुकुर प्रयोग गर्‍यो । कुकुरको सहयोगमा सुटकेस भेटिएको ठाउँभन्दा केही पर वार्ड नं १० को स्वर्गद्वारी मार्गमा टाउको र खुट्टा फेला परेको थियो।

गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रो तल्लामा हत्या गरेर बोहोराको शवलाई ५० मिटर पर सडकमा फालिएको थियो । शवको पहिचान कृष्णकै साथी निरज थापाले गरेका थिए । घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीको पाँचवटा टोलीले अनुसन्धान गरिरहेको छ।अन्नपूर्णबाट

Skip This
Skip This
Logo