काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नयाँ पुस्तालाई कला, संस्कृति र जात्राहरुमा आकर्षण गर्नुपर्ने बताएकी छन् ।
बिहीवार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महानगरकी उपप्रमुख डंगोलले सो बताएकी हुन् । हरेक चाडपर्वको वैज्ञानिक महत्व रहेको उल्लेख गर्दै उनले सो महत्वलाई युवा पुस्तामाझ हस्तान्तरण गर्न सके उनीहरुले चाडपर्व तथा कला, संस्कृतिहरुको संरक्षण गर्दै जाने बताइन् ।
उनले भनिन्– ‘नयाँ पुस्तालाई कला, संस्कृति, जात्रा पर्वमा आकर्षण गर्ने हो भने हिजो, अस्ति हाम्रा बाजे आमाबुबाले भनेको भरमा मात्र नयाँ पुस्ताले कुनैपनि रहनसहनलाई अंगालिरहेको हुँदैन । त्यो करकापले मात्र अगाडी बढाइरहेको हुन्छ । यद्यपी हामीले मनाउने हरेक चाडपर्वमा वैज्ञानिक महत्व छन् । र त्यो वैज्ञानिक महत्व हामीले नयाँ पुस्तालाई हस्तान्तरण ग-यौँ भने सहर्ष, खुशीका साथ त्यो पर्व मनाइन्छ र त्यसको महत्व सदैव जगेर्ना हुन्छ । किन मनाउँदै छौँ ? भन्ने त्यसको महत्वको पार्टलाई, नयाँ पुस्तालाई हामीले जानकारी दिन सक्यौँ भने हरेक पर्वहरुलाई हामीले कालान्तरसम्म अगाडी बढाउन सकिन्छ । जुन कुरालाई महानगरपालिकाले विशेष महत्वको साथमा हेरेको छ ।’
उपप्रमुख डंगोलले महानगरले काठमाडौं भित्रका विभिन्न पर्वहरु, मुर्त तथा अमूर्त सम्पदाहरुको संरक्षण र संवद्र्धनका लागि महत्व दिइरहेको स्पष्ट पारिन् ।































प्रतिक्रिया