रास्वपाको विवादबारे रवि लामिछानेले भने- ‘मैले नै खबरदारी गर्न भनेको थिएँ, आत्तिनुपर्दैन’

रास्वपाको विवादबारे रवि लामिछानेले भने- ‘मैले नै खबरदारी गर्न भनेको थिएँ, आत्तिनुपर्दैन’

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक सांसद छनोटलाई लिएर पार्टीमा भएको विवादलाई समान्यरुपमा लिनुपर्ने बताएका छन् । 

बिहीबार भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा सभापति लामिछानेले आफूले नै पार्टीका नेता कार्यकर्तालाई खबरदारी गर्न भनेको र यसमा कोही आत्तिनु नपर्ने प्रतिक्रिया दिएका हुन् । साथै उनले पार्टी प्रणाली र विधिबाट दायाँबायाँ नहुने पनि बताए ।

‘हाम्रोमा के छ भने नजिकका मान्छे, वरपरका मान्छे, नजिक देखिने मान्छेहरूलाई राख्ने अभ्यास भएकाले उहाँहरूले खबरदारी गर्नुभएको होला । मैले नै पार्टीमा खबरदारी गर्न भनेको छु ।’  उनले भने, ‘जे भन्छ त्यो मान्नुपर्छ भन्ने छैन, कोही आत्तिनुपर्ने पनि छैन । राष्ट्रिय स्वतन्त्र पार्टी प्रणाली बाहिर जाँदैन ।’ 

रास्वपाले समानुपातिक उम्मेदवार छान्दा प्राइमरी इलेक्सन गरेको थियो । प्राइमरी इलेक्सनबाट धेरै मत ल्याएकाहरूलाई राखेर समानुपातिक उम्मेदवारको बन्दसूची बनाइएको थियो। तर अहिले साे विपरीत गर्न खोजेको भन्दै विरोध भइरहेको हाे । प्रत्यक्षतर्फ सात सिट जितेको रास्वपाले समानुपातिकमा १३ सिट पाएको छ । 

Skip This
Skip This
Logo