जनमत पार्टीले टुङ्ग्यायो पाँच समानुपातिक सांसद

जनमत पार्टीले टुङ्ग्यायो पाँच समानुपातिक सांसद

केन्द्रबिन्दु
0
Shares

सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फका सांसदहरूको टुङ्गो लगाएको छ ।

निर्वाचन आयोगले तीन दिन भित्र सांसदहरूको क्लष्टर पेस गर्न गरेको आग्रहका आधारमा उक्त पार्टीले पाँच जना सांसदको टुङ्गो लगाएको हो । जनमत पार्टीले आयोगमा पेस गरेको सांसदको क्लष्टरमा ४ जना महिला समेटिएका छन् भने एक जना मुस्लिम समुदायका छन् । 

धनुषाबाट अनिता देवी साह, मोरङबाट सोनु मुर्मु, सिराहाबाट विनीता कुमारी सिंह, महोत्तरीबाट गोमा सापकोटा र बर्दियाबाट अब्दुल खान समानुपातिकतर्फका सांसद बनेका छन् । २ जना आदिवासी जनजाति, एक मधेसी, एक खस आर्य र एक जना मुस्लिम समुदायको प्रतिनिधित्व हुने गरी  जनमत पार्टीले समानुपातिकतर्फका सांसदहरूको टुङ्गो लगाएको हो ।

Skip This
Skip This
Logo