‘राजनीतिक स्थायित्व कायम गर्नु नवनिर्वाचित सांसदहरूको पहिलो चुनौती’- नेता सिंह

‘राजनीतिक स्थायित्व कायम गर्नु नवनिर्वाचित सांसदहरूको पहिलो चुनौती’- नेता सिंह

केन्द्रबिन्दु
0
Shares

नेपली कांग्रेसका नेता प्रकाशमान सिंहले देशमा राजनीतिक स्थायित्व कायम गर्नु नवनिर्वाचित सांसदहरूको पहिलो चुनौती भएको बताएका छन् । 

काठमाडौंमा आज आयोजित कार्यक्रममा नेता सिंहले पहिला राजनीतिक स्थायित्व कायम गरी विकासको बाटोमा अघि बढ्नु पर्ने अवस्था रहेकाे बताएका हुन् । उनले विकासको बाटोमा अगाडि बढाउन नागरिकको सुझाब सदैव आवश्यक रहेको पनि बताए । 

नेता सिंहले अहिले नेपालको राजनीतिमा आएको परिर्वतनलाई नजिकबाट बुझेको र जनताले चाहेको परिर्वतनलाई सफल बनाउन लागि पर्ने  दाबी गरे । यस्तो जटिल समयमा पनि जनताले आफूलाई विश्वाश गरेकोप्रति गम्भीर रहेको र अबका दिनमा नागरिकको खबरदारीसँगै अगाडि बढ्ने प्रतिबद्धता जनाए । 

उनले विगतको संसदीय कार्यकालमा आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–१ को विकासमा उल्लेख्य योगदान गरेको दाबी समेत पेश गरे । उनले काठमाडौं -१ देशकै मुटु भएकाले नागरिकका आवश्यकता र चाहना सधैँ परिवर्तनशील हुने हुँदा जनप्रतिनिधिलाई सचेत र सजग गराई राख्नु पर्ने बताए । 

नेता सिंहले आफू जनताको सेवाको लागि नागरिका सुझावलाई सहज रुपमा लिँदै सकारात्मक रुपमा प्रस्तुत हुने बताए । चार पटक संसदीय नेताको रुपमा विश्वास गरेकोमा उनले मतदाताहरूलाई धन्यवाद दिँदै चुनावी एजेण्डा पूरा गर्नेतर्फ पुनः प्रतिबद्धता जनाए ।

Logo