नेकपा एमालेको सचिवालय बैठक एमाले मुख्यालय ललितपुरको च्यासलमा सुरु भएको छ ।
आजको बैठकले निर्वाचन आयोगमा समानुपातिक सांसदका लागि बुझाएको बन्दसूचीमा समावेश नामलाई अन्तिम रुपमा टुंगो लगाउने जनाइएको छ ।बैठकमा आमनिर्वाचनकाे समीक्षा पनि हुनेछ । समानुपातिकमा एमालेले ३४ सिट पाएको छ । जसमा उसले १५ पुरुष र बाँकी महिला सांसद पठाउनुपर्ने छ । साथै एमालेले प्रदेशमा ९१ सिट पाएको छ ।
एमाले अध्यक्ष केपी ओलीले शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका थिए । तर, उनकै कार्यव्यस्तताका कारण बैठक बस्न नसकेपछि आजको लागि सारिएको हो ।































प्रतिक्रिया