विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

केन्द्रबिन्दु
0
Shares

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । 

गएराति भएको अन्तिम क्वार्टरफाइनलमा फ्रान्सले  इंग्ल्याण्डलाई २–१ ले हराएसँगै सेमीफाइनल समीकरण पूरा भएको हो । यसपालि अन्तिम ४ मा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को पुगेका छन् । जारी विश्वकपको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टोलीबीचको सेमिफाइनल मंगलबार राति १२ः४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ ।

अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टीमा ४–२ ले हराउँदै सेमिफाइनलमा पुगेको हो भने  क्रोएसियाले ब्राजिललाई पेनाल्टीमै हराएर अन्तिम चारसमा स्थान बनाएको हो । दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सले प्रतिस्पर्धा गर्नेछन्। यी दुई टोलीबीचको सेमिफाइनल भिडन्त बुधबार राति १२ः४५ बजे अल बायात स्टेडियममा सुरु हुनेछ । फाइनल भिडन्त भने पुस ३ गते अर्थात् अर्को आइतबार हुनेछ । 

Skip This
Skip This
Logo