गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु

गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

महोत्तरीमा गाडीको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिवास नगरपालिका-३ कालापानीका ६६ वर्षीय वीरबहादुर आले मगर रहेका छन् । सिन्धुलीबाट बर्दिवासतर्फ आउँदै गरेको स१च १५४५ नम्बरको गाडीले बाटो काट्ने क्रममा मगरलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते मगरको उपचारको क्रममा बर्दिवासस्थित जनसेवा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Logo