राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं नवनिर्वाति सांसद डाक्टर तोसिमा कार्कीले कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउन लागेको भन्दै विरोध गरेकी छन् ।
कार्कीले सामाजिक सञ्जालमा लेख्दै उनले कामचलाउ सरकारले अध्यादेश ल्याउनु कुर्सी मोहको पराकाष्ठा भएको बताएकी हुन् । उनले लेखेकी छन्, ‘अपराधीहरुलाई कारागारसम्म गएर भेट्ने तथा रिहाई गराउन कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउने? निर्लज्ज कुर्सी मोहको पराकाष्ठा! विधिको शासनलाई आफू अनुकुल नचाउन दिईनुहुदैन । देशलाई दुर्घटनाबाट बचाउन नागरिक विरोध आवश्यक छ। तत्काल यो अध्यादेश सच्याईयोस्, खारेज गरियोस् !!































प्रतिक्रिया