नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले ऐन, नियम बनाउने क्रममा दलहरु विभाजित बन्नु नहुने बताएका छन् ।
मंगलवार प्रेस लैङ्गिक नीति सम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले संसदमा रहेका दलहरु नीति, नियम निर्माणका बेलामा एक ठाउँमा उभिनुपर्ने बताएका हुन् । उनले आम नागरिकका समस्या समाधानका लागि नीति निर्माणको आवश्यक्ता रहेको भन्दै नीति, नियम बनाउने कुरामा सबै राजनीतिक दलहरुले समस्या समाधानका लागि गहन अध्ययन र अनुसन्धान गरी एकत्रित हुनुपर्नेमा जोड दिए ।
महामन्त्री थापाले शुरुवातबाट नै नीति निर्माणका लागि सम्बन्धित निकायहरुले राजनीतिक दल र सरकारलाई आवश्यक सुझाव र परामर्श दिन आवश्यक रहेको पनि बताए ।
उनले भने- ‘संसदभित्र हामी कतिपय सन्दर्भमा राजनीतिक दलका हिसावले विभाजित हुन्छौँ, तर ऐन, नियम बनाउने क्रममा विभाजित हुँदैनौँ । संसदमा विधेयक आइसकेपछि बल्ल क्रस पार्टी काम गर्दा हामी जहिले पनि के गरेका हुन्छौँ भने सरकारले ल्याएको विधेयकमा, प्रेस काउन्सिलले त्यसपछि बल्ल सांसद खोज्न थाल्छ । यो ४ वटा बुँदाहरु हटाइदिनुपर्छ, संशोधनमा हाल्नुपर्छ भनेर तयार नै गरेर ल्याएको हुन्छ, फरक फरक पार्टीको मान्छेले दर्ता गर्दैगर्दा कस्तो हो भन्नेकुरा थाहा भइ नै हाल्छ, कसलाई भेटेछ भन्नेकुरा थाहा भइहाल्छ । किनभने त्यो कपिपेस्ट गरेर ल्याएको हुन्छ । आउने सरकारको मान्छेले थाहा पाउँछ । उसले त्यसलाई गम्भीरतापूर्वक लिँदैन । त्यसैले शुरुदेखि नै हामीले इंगेज गर्दै गयौँ भने, के गर्न खोजेको हो भन्नेकुरा जानकारी गराउँदै गयौँ भने खोजेको कुरा पाउनसक्छौँ ।’
महामन्त्री थापाले आधारभुत स्वतन्त्रता थप संकुचित भए समुन्नतिको मापनमा पछि पर्ने बताए ।































प्रतिक्रिया