नाडाको लुम्बिनी प्रदेशअन्तर्गत रहेको संस्थागत सदस्य लुम्बिनी अटोमोवाइल्स एशोसिएशन नेपालले बुटवलको बसपार्कमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ । नाडाले घोषणा गरेको देशव्यापी आन्दोलन अन्तर्गत उक्त एशोसिएशनले पनि प्लेकार्ड सहित विरोध प्रदर्शन गरेको हो ।
सो क्रममा एशोसिएशनका अध्यक्ष गणेश भट्टराइले सरकारले कार, जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयात खुला गरे पनि बैंकहरुको उच्च व्याज दरका कारण सवारी साधनहरुको बिक्री वितरण हुने वातावरण बन्न नसकेको दुखेसो गर्दे अझै थुप्रै जटिलताहरु रहेको धारणा राखेका थिए ।
यसअघि उक्त एशोसिएशनका पदाधिकारीहरुले राष्ट्र बैंक भैरहवामा ज्ञापनपत्र समेत बुझाएका थिए ।































प्रतिक्रिया