निगमका ‘क्याबिन क्रु’को करार नवीकरण गर्ने सहमति, स्थगित भएका उडान आजै हुने

निगमका ‘क्याबिन क्रु’को करार नवीकरण गर्ने सहमति, स्थगित भएका उडान आजै हुने

केन्द्रबिन्दु
0
Shares

नेपाल वायुसेवा निगमले करारमा कार्यरत सबै क्याविन क्रुको करार नविकरण गर्ने भएको छ । 

करारमा रहेर १५ वर्ष सेवा गरेका दुईजना विमान परिचारिकालाई बिनाकारण सेवामा निरन्तरता नदिएको विरोधमा हड्ताल भएपछि बिहीबार निगमको व्यवस्थापन पक्ष र क्याविन क्रुबीच करार नविकरण गर्ने र आजैबाट उडान सुचारु गर्ने गरी सहमति भएको हो । 

क्याबिन क्रुको सो हड्तालले निगमको बिहीबार साउदी अरेबियाको रियाद र भारतका दुई शहर बैङ्लोर र नयाँ दिल्लीका लागि निर्धारित उडानहरु प्रभावित भएको थियो । दिल्लीका लागि आरए-२१७ उडान नम्बरको जहाजका लागि बोर्डिङपास लिएका २ सय ५६ यात्रु सुरक्षा जाँच सकेर विमानस्थलको अन्तिम कक्ष स्टराइलहलमा अलपत्र परेका थिए । यसले मलेसिया र दुबईबाट फर्कनु पर्ने जहाजहरुको आगमन समेत प्रभावित बनेको थियाे ।

दिल्ली र बैङ्लोर उडेका क्याबिन क्रुलाई नै मलेसिया र दुबई पठाइएको थियो । यस क्रममा उनीहरुको ड्यूटीसमय १० घण्टा पूरा भैसकेकाे थियो । त्यसकारण निगमकाे नियम अनुसार ‘क्रु’लाई रेस्ट दिनुपर्ने भएकाले जहाज डिले हुन पुगेका हुन् । हाल निगमका चारवटा जेट र आन्तरिक उडानमा रहेका दुईवटा टुइनअटर विमानका लागि १ सय ५८ जना क्याबिन क्रु छन्‚ जसमा एयरहोस्टेज (महिला) १ सय ६ र स्टेवार्ड (पुरुष) ५२ छन् । उनीहरुमध्ये ५ जनामात्रै स्थायी हुन् भने बाँकी करारमा कार्यरत छन् । 

सहमतिपछि भने स्थगित भएका निगमको उडान आजै हुने भएको छ । निगमले पठाएको समय तालिका अनुसार साउदीको रियाद र भारतको नयाँ दिल्ली उडान आजै बेलुका ६ बजे हुने भएको छ । साथै भारतको बैङ्लोरको उडान आज राति १० बजे हुने तय भएको छ ।

Skip This
Skip This
Logo