खुमलटार पुगेर भारतीय अभिनेता विवेकले भेटे अध्यक्ष प्रचण्डलाई

खुमलटार पुगेर भारतीय अभिनेता विवेकले भेटे अध्यक्ष प्रचण्डलाई

केन्द्रबिन्दु
0
Shares

नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरायले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । बुबा सुरेश ओबरायसँगै खुमलटार उनले आज अध्यक्ष प्रचण्डलाई भेटेका हुन् ।

भेटवार्तामा अध्यक्ष प्रचण्डकी पुत्री तथा सचिवालय सदस्य गंगा दाहाल पनि सहभागी थिइन् । उनले भेटघाटको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । भेटमा फिल्म र सांस्कृतिक विषयवस्तुमा कुराकानी भएको थियो ।

बुधबार नेपाल आएका अभिनेता विवेकले बिहीबार चन्द्रागिरि पुगेर भालेश्वर मन्दिरमा पूजाअर्चनासमेत गरेका थिए । उनी आजै पोखरा भ्रमणमा जानेछन् ।

Skip This
Skip This
Logo