प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न देउवासमक्ष प्रचण्डकाे प्रस्ताव

प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न देउवासमक्ष प्रचण्डकाे प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

नयाँ सरकार गठनको आह्वान हुनुपूर्व नेतृत्व सम्हाल्नका लागि नेताहरूको दौडधुप तीव्र बनेको छ । यसको दौडमा सत्ता गठबन्धनमा आबद्ध रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि रहेका छन् । 

केही दिनअघि मात्रै एक सार्वजनिक कार्यक्रममा ‘आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्न लागेको’ अभिव्यक्ति दिएका अध्यक्ष प्रचण्डले आफूलाई गठबन्धनका तर्फबाट प्रधानमन्त्री बनाउन कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका छन् । उनले शनिबार बिहान बालुवाटार पुगेर पहिलोपटक औपचारिक प्रस्ताव प्रस्ताव राखेका हुन् । 

झण्डै एक घण्टा चलेको भेटवार्तामा अध्यक्ष प्रचण्डले गठबन्धनकै नेतृत्वमा निर्वाचन सम्पन्न गराइएको र अब बन्ने नयाँ सरकारको नेतृत्वका लागि आफूलाई सहयोग गर्न आग्रह गरेको उच्च स्रोतले बताएको छ । तर, त्यसको जवाफमा प्रधानमन्त्री देउवा भने केही बोलेनन् । आफैं छैठौं पटक प्रधानमन्त्रीको लागि दाबेदारी दिने तयारीमा रहेका उनले पार्टीमा कुरा राख्ने मात्र बताए ।  

Logo