अध्यक्ष बिजुक्छेको आरोपः ‘न्यायालय भित्रैबाट राष्ट्रपति बनाउन भारतको षड्यन्त्र’

अध्यक्ष बिजुक्छेको आरोपः ‘न्यायालय भित्रैबाट राष्ट्रपति बनाउन भारतको षड्यन्त्र’

केन्द्रबिन्दु
0
Shares

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालय भित्रैबाट राष्ट्रपति बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।खिलराज रेग्मीलाई मन्त्रीपरिषदको अध्यक्ष बनाए जसरी नै भारतले राष्ट्रपति पनि न्यायालय भित्रैबाट बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसविरुद्ध लड्न तयार रहन समेत उनले आह्वान गरे । 

भक्तपुर नगरपालिकाको ७३औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले भारतको छायाँमा मुलुकको कार्यपालिका, न्यायपालिकासमेत जकडिएकाले त्यसविरुद्ध देशभक्त शक्तिहरुले संघर्ष गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री बनाउने र निर्वाचनमा जिताउने काम समेत हालसम्म भारतकै निर्णय अनुसार हुने गरेको जिकीर समेत गरे । 

‘अहिले हामी सुन्छौं–न्याय प्रशासनलाई राजनीतिबाट अलग राख्नुपर्ने तर न्याय प्रशासनका एक जनालाई जसरी प्रधानमन्त्री बनाइयो, अहिले राष्ट्रपति बनाउने कुरा चलिराखेको छ । यो हेर्दाखेरी सरल छ । तर यो धेरै जटिल विषय हो । त्यसकारण कार्यपालिका र विधायन पालिका समेतमा इन्डियाको छायाँ छ । यहाँ अन्तराष्ट्रिय छाँया परेको हुनाले देशलाई अझ संकटमा पु-याउने सम्भावना भएको हुनाले संघर्षको निम्ति सधैं तयार म उपस्थिति साथीहरुलाई भन्न चाहन्छु ।’ उनले भने । 

साथै अध्यक्ष बिजुक्छेले रासायनिक मल कारखाना देश भित्रै खोल्न आफ्नो पार्टीले पटकपटक दवाव दिएपनि मन्त्रीहरुले भारतसँग थर्कमान भएर सो कार्यलाई अघि बढाउन नसकेको पनि बताए । उनले भने- ‘राजनीतिक रुपले पनि हाम्रो कसलाई चुनाव जिताउने र कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा पनि दिल्लीबाट निर्णय हुँदै आएको छ । कृषिमा हामी बारम्बार भनिरहेका छौं हामीलाई रासायनिक मलको कारखाना हुनुपर्छ भनेर । कारखाना बनाउन भनेपछि मन्त्रीहरु थर्कमान हुन्छन् इन्डियाले मान्दैन भनेर । हाम्रो देशमा मल कारखाना खोल्नका निम्ति इन्डियाले मान्नुपर्ने । देशको स्थिति यस्तो छ ।’ 

अध्यक्ष बिजुक्छेले भारतले नेपालको जलस्रोत उपयोगको चाबी समेत आफ्नो हातमा लिएको, उद्योगधन्दाहरु निजीकरण गरेर आफ्नो इसारामा चलाएको भन्दै आक्रोश समेत व्यक्त गरे । 

Logo