भरतपुरमा २ चार्जिङ स्टेसन सञ्चालन, प्रतियुनिट कुन समय कति शुल्क लाग्छ ?

भरतपुरमा २ चार्जिङ स्टेसन सञ्चालन, प्रतियुनिट कुन समय कति शुल्क लाग्छ ?

केन्द्रबिन्दु
0
Shares

चितवनको भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । 

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको यी दुई स्टेसनमा एक पटकमा ६ वटासम्म गाडी चार्ज गर्न मिल्छ। आन्तरिक रूपमा विद्युत खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारीसाधन प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकास गर्न चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको बताइएको छ । 

बसपार्कमा करिब ९० लाखको लागतमा निर्माण गरिएको यी स्टेसन टेक्नोलोजी सिसीएच र जिबिटीका चार्जर स्टेसन हुन् । यहाँ साना-ठूला सबै सवारीसाधनको चार्ज गर्न मिल्ने बताइएको छ । 

प्राधिकरणका अनुसार चार्जिङ स्टेसनमा एक सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभिएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ। चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०-६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरू राखिएको छ।  नेपालमा उपलब्ध रहेका सवारीसाधनको क्षमताअनुसार एकदेखि डेढ घण्टासम्ममा पूर्ण चार्ज हुन्छ।

सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन्। कति मिनेटसम्म वा कति रुपैयाँसम्मको चार्ज गर्ने हो त्यसैअनुसार पैसा काटिन्छ र गाडी चार्ज हुन्छ। बिहान ५ देखि साँझ ५ बजेसम्म आठ रुपैयाँ २८ पैसा प्रतियुनिट, बेलुका ५ देखि राति ११ बजेसम्म १० रुपैयाँ ४४ पैसा प्रतियुनिट र राति ११ देखि बिहान ५ बजेसम्म नौ रुपैयाँ छ पैसा चार्ज शुल्क तोकिएको छ । 

Logo