एलजीको एयर सोलुसन्स सम्मेलन समापन भएको छ । गत शुक्रबार होटल एलफ्ट, काठमाडौंमा एलजीले ऐयर सोलुसन्स सम्मेलन समापन गरेको हो ।
सम्मेलनमा एल.जी.का विभिन्न उपकरणहरुको बारेमा यस क्षेत्रका सम्बन्धित ब्यवसायमा रहेकाहरुलाई यस ऐयर सोलुसन्स उपकरणको बारेमा जानकारी तथा यसका उपयोगिताका बारेमा जानकारी गराउने उद्देश्यका साथ यो सम्मेलन गरीएको थियो ।
सम्मेलन दुई सत्रमा विभाजित रहेको थियो, जस अन्तर्गत पहिलो सत्रमा एल.जी. इलेक्ट्रोनिक्सका प्रतिनिधि सियोन चोई, जेसन पोक र जुनो लिम ले एल.जी. ऐयर सोलुसन्सका विभिन्न उपकरणहरुको प्रस्तुति दिनुका साथै सि.जी. इलेक्ट्रोनिक्सका विवेक ज्ञवालीले एल.जी. ऐयर सोलुसन्सको नेपालमा पदचिन्ह र भावी योजनाको बारेमा प्रस्तुति गरेका थिए ।
एल.जी. ऐयर सोलुसन्स सम्मेलनको दोस्रो सत्रमा “ऊर्जा दक्षतामा प्रविधिको भुमिका” शिर्षकमा यस क्षेत्रका विभिन्न विशेषज्ञ माझ छलफल गरिएको थियो । उक्त सत्रमा चौधरी ग्रुपमा म्यानेजिङ डाईरेक्टर निर्वाण चौधरी, एच.भि.ए.सी. कन्सल्टेन्ट रविन्द्र नाथ भट्टराई, अल्र्टनेटिभ इनर्जी प्रोमोसन् सेन्टरका सहायक डाईरेक्टर शुभलक्ष्मी श्रेष्ठ, अरवन प्लानर अर्किटेक्ट वभुतीमान सिंह, एल.जी. कोरियाका सियोन चोई र काठमाडौ युनिर्भसिटीका सहायक प्रोफ्रेसर निरन्जन बास्टाकोटीले उक्त छलफलमा आ–आफ्नो अभिव्यक्ति राखेका थिए ।
दोस्रो सत्रको छलफललाई कोरियाका राजदुत पार्क चोङ सुकको विशेष उपस्थिति विच गरिएको थियो ।































प्रतिक्रिया