फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
कतारमा सम्पन्न भएको फिफा विश्वकप २०२२ को फाइनलमा आफ्नो टोली फ्रान्स अर्जेन्टिनासँग पराजित भएको भोलीपल्ट नै फरवार्ड बेन्जेमाले सन्यासको घोषणा गरेका हुन् । तर उनी चोटको कारण भने विश्वकपको टोलीमा थिएनन् ।
आफ्नो ३५औं जन्मदिनकै अवसरमा सामाजिक सञ्जालमार्फत बेन्जिमाले भनेका छन्- ‘मैले प्रयास र गल्तीहरू गरे जुन आज म यो स्थानमा छु र मलाई गर्व छ । मैले मेरो कथा लेखेको छु र हाम्रो अन्त्य हुँदैछ ।’
बेन्जेमाले फ्रान्सका लागि ९७ खेलमा ३७ अन्तर्राष्ट्रिय गोल गरेका थिए । उनी देशबाट आफ्नै टोलीका सहकर्मीसँग ब्ल्याकमेलिङको आरोपमा २०१६ देखि २०२१ सम्म प्रतिबन्ध परेका थिए । त्यसकारण उनले २०१८ को फिफा विश्वकप पनि गुमाएका थिए । जहाँ फ्रान्सले नै उपाधि उचालेको थियो । सन् २००६ मा फ्रान्सको टोलीमा स्थान बनाएका उनले युरो २००८ र २०१० को विश्वकप टोलीमा समेटिएका थिए, तर कुनै उपाधि जित्न सकेनन् ।
व्यवसायिक फुटबलमा भने स्पेनिस क्लब रियल मड्रिडका मुख्य फरवार्ड रहेका बेन्जिमाले गत सिजनमा रियललाई लालिगासहित च्याम्पियन्स लिग जिताएका थिए । साथै उनको उत्कृष्ट लयकै कारण बालेन डी’ओरसमेत जितेका थिए ।































प्रतिक्रिया