अभिनेत्री पुजा शर्माले रुँदै गुहारिन् चलचित्र कलाकार संघ, पत्रकार सुवेदीविरुद्ध उजुरी

अभिनेत्री पुजा शर्माले रुँदै गुहारिन् चलचित्र कलाकार संघ, पत्रकार सुवेदीविरुद्ध उजुरी

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री पुजा शर्माले सिने पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन् ।

सुवेदीले  एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताका लागि बोलाउँदा आफुले आउँदिन भनेपछि उक्त टेलिभिजनको कार्यक्रममै ‘दाह्रा निस्केकी महानायिका’ भनेर आफ्नो मानहानी गरेको भन्दै अभिनेत्री शर्माले आइतबार चलचित्र कलाकार संघमा उजुरी दिएकी हुन् ।

उनले आफुलाई न्याय दिलाईदिन माग गर्दै कलाकार संघका पदाधिकारीहरुसमक्ष रुँदै गुहार्न पुगेकी हुन् । उनले उक्त उजुरी कलाकार संघका अध्यक्ष रविन्द्र अधिकारीलाई हस्तान्तरण गरेकी छिन् ।

अब उप्रान्त यो विषयलाई एक अर्काको समझदारीमा टुंगाउने अथवा अदालतसम्म पुर्‍याउने भन्ने निर्णय कलाकार संघको हातमा रहेको छ ।

Skip This
Skip This
Logo