यी हुन् विश्वका उत्कृष्ट ११ फुटबलर

यी हुन् विश्वका उत्कृष्ट ११ फुटबलर

केन्द्रबिन्दु
0
Shares

फुटबल तथ्यांकहरुको विश्लेषण गर्ने बेवसाइट ओप्टा नालिस्टले विश्वका उत्कृष्ट ११ फुटबलर चयन गरेको छ । 

खेलाडीको प्रस्तुतिलाई विश्लेषण गरेर ओप्टाले टीम अफ द टुर्नामेन्ट जारी गरेको हो । यसरी छानिएका खेलाडीमध्ये उत्कृष्ट गोल किपरमा क्रोएसियाका डोमिनिक लिभकोभिक परेका छन् । उनले विश्वकपमा हरेक खेलमा औसत ३.५ सेभ गरे जुन सबैभन्दा धेरै हो । 

यस्तै मोरक्कोका अशरफ हाकिमी राइट ब्याक डिफेन्डर पोजिसनका लागि छनोट भएका छन् । हाकिमीले विश्वकप फुटबलमा सबैभन्दा धेरै २६ ट्याकल गरेका थिए । यस्तै सेन्ट्रल डिफेन्डरमा ब्राजिलका मारक्विनहोस परेका छन् ।

क्रोएसियाका डिफेन्डर गार्डियोल, फ्रान्सका लेफ्ट ब्याक डिफेन्डर थियो हर्नान्डेज, अर्जेन्टिनाका फर्नान्डेज चयन भएका छन् । मिडिफिल्डरमा फ्रान्सका अरेलियन चौमेनी, एन्टोइन ग्रिजम्यानलाई छनौट गर्दा फरवार्डमा अर्जेन्टिनाका लियोनेल मेसी, जुलियन अल्भारेज र फ्रान्सका किलियन एमबाप्पेलाई छनौट गरिएको छ ।  सन् २०२२ को विश्वकपमा मेसीले गोलतर्फ अधिकतम ३२ शट प्रहार गरेका थिए । यस विश्वकपमा मेस्सीले ७ गोल र ३ असिस्ट गरेका छन् । 

२२ वर्षीय जुलियन अल्भारेजले यो विश्वकपमा ४ गोल गरेका छन् । अल्भारेजले क्रोएसियाविरुद्ध दुई गोल गरेका थिए । फ्रान्सका स्टार खेलाडी केलियन एमबाप्पेले सन् २०२२ को विश्वकपमा सबैभन्दा धेरै (८) गोल गरेका छन् । साथै, उनले सबैभन्दा बढी २५ ड्रिबल पूरा गरेका छन् ।  

Skip This
Skip This
Logo