काठमाडौं ।
सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लगाएको लकडाउन अन्त्य गरेसँगै काठमाडौं उपत्यका लगायत देशभर नै कोरोना संक्रमण बढ्दै गएकाले उपत्यकामा सवारी चलाउन जोरबिजोर प्रणाली लागू गरेको छ । यसरी जारेबिजोर नम्बरको नियम अब यातायात व्यवस्था विभागले पनि मातहतका कार्यालयहरूमा लागू गरेको छ । अब जोर दिन जोर नम्बर प्लेट र बिजोर दिन बिजोर नम्बर प्लेटका सवारीसाधन र सवारीचालक अनुमतिपत्र नविकरण गर्ने भएको हो ।
यो नियम सोमबारदेखि लागू हुने गरि वागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात व्यवस्था कार्यालयले जनाएका छन् । सवारी धनीले अब जोर बिजोर गते आफ्ना सवारीको नम्बर अनुसार नविकरणको सेवा पाउने छन् । इम्बोस्ड नम्बर प्लेट सम्बन्धी कामका लागि पनि जोर बिजोरको नियम लागू हुनेछ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको जोखिमलाई मध्यनजर गर्दै जोरविजोर प्रणाली लागू गरिएको यातायात कार्यालयहरुले जनाएका छन् ।
यातायात कार्यालयहरुमा भीडभाड बढेपछि नविकरण र इम्बोस्ड नम्बर प्लेट बाहेक अन्य सेवा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि बन्द गरिएको सूचनामा उल्लेख छ । त्यस्तै आइतबार नै सूचना निकालेर यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र, ललितपुरले लाइसेन्सको नविकरणमा पनि जोर बिजोर प्रणाली लागू गरिने जनाएको छ ।































प्रतिक्रिया