थप फिचर भएको क्रसएक्स २५०आर ईएफआईका लागि बुकिङ खुला

थप फिचर भएको क्रसएक्स २५०आर ईएफआईका लागि बुकिङ खुला

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि क्रसएक्स बाइकको आधिकारिक वितरक बाइकर्स नेपालले क्रसएक्स २५०आर ईएफआई बाइकलाई थप फिचरका साथ उपलब्ध गराउने भएको छ । 

पहिले देखि नै नेपाली बजारमा राम्रो प्रतिक्रिया पाएको यो बाइकमा अब जीपीएस र एन्टी थेफ्ट फिचर आदि थप हुनेछ भने सस्पेन्सन समेत अझै राम्रो भएर आउने छ । यसको आवाज पनि पहिले भन्दा स्मुथ छ । यो मोटरसाइकलमा २४९।६ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक इन्जिन छ, जसले ३२ एचपीको पावर दिन्छ । ६–स्पिड गियरबक्स भएको सो मोटरसाइकलको फ्रन्ट र रियरमा निसिन सिंगल डिस्क ब्रेक छ ।

३६१ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलको सिटको उचाई ९४० एमएम छ भने ६.५ लिटरको इन्धन ट्यांकी छ । ईएफआई प्रविधियुक्त भएकाले यो मोटरसाइकलमा बेटर कोल्ड स्टार्ट, बेटर थ्रोटल रेस्पोन्स, बेटर फ्युल एफिसियन्सी र लेस मेन्टिनेन्स जस्ता विशेषता छन् । यो बाइकको मूल्य भने पुरानै अर्थात ८ लाख ९५ हजार रुपैयाँ नै तोकिएको छ ।

Skip This
Skip This
Logo