चुनावपछि मुलुकको राजनीतिमा अस्थिरताका खेलहरु शुरु भए -महासचिव पोखरेल

चुनावपछि मुलुकको राजनीतिमा अस्थिरताका खेलहरु शुरु भए -महासचिव पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई नीति, विचार, लक्ष्य र उद्देश्यबिहीन दिशातर्फ अघि बढाउने दुष्प्रयास भइरहेको बताएका छन् । 

मंगलवार नेकपा एमालेले बोलाएको नवनिर्वाचित सांसदहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो दाबी गरेका हुन् । उनले तत्कालीन नेकपा भएको बेलामा कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्रलाई चिर्न जनतामा जाने फैसलालाई सफल बनाउन नदिइएको बताए । 

महासचिव पोखरेलले तत्कालिन अवस्थामा नै जनतामा जाने फैसलालाई कार्यान्वयन गरेको भए आजसम्म मुलुकले विकास र समृद्धिको बाटो समातिसकेको हुने बताए । उनले अहिले मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै शंकटमा पर्ने खालका गतिविधिहरु भइरहेको बताए । 

उनले भने, ‘मुलुकलाई नीतिबिहीन, विचारबिहीन, लक्ष्य, उद्देश्यबिहीन राजनीतितर्फ अघि बढाउने प्रयास भयो । जसका कारण आज मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै शंकटमा पर्ने खालका आशंकाका काला बादलहरु मडारिने खालको स्थिति उत्पन्न भएको छ । गठबन्धन समस्याको समाधान होइन, हामीले चुनाव अघि भनेका थियौँ । चुनावपछि मुलुकको राजनीतिमा जुन प्रकारका अस्थिरताका खेलहरु शुरु भएका छन्, त्यसले नेकपा एमालेका मान्यताहरु सही रहेका छन् भन्ने प्रमाणित गरेको छ । राष्ट्रिय राजनीतिमा नेकपा एमले बलियो शक्तिका रुपमा स्थापित भइरहेको छ । हाम्रो पार्टी अध्यक्षका बिरुद्धमा जुन प्रकारको घेराबन्दी थियो, अहिलेको चुनावले सबैभन्दा लोकप्रिय नेताको रुपमा हाम्रा पार्टी अध्यक्षलाई चुनेर पठाएको छ ।’
 
महासचिव पोखरेलले सबै दलहरु मिलेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई घेराबन्दी गरेपनि जनताले लोकप्रिय मतका साथ आफ्नो नेतामा ओलीलाई नै चुनेको बताए । 

Skip This
Skip This
Logo