स्थायीत्व र रुपान्तरणको लागि गगनलाई अघि सारेका हौँ -शेखर कोईराला

स्थायीत्व र रुपान्तरणको लागि गगनलाई अघि सारेका हौँ -शेखर कोईराला

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले स्थायीत्व र रुपान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताएका छन् । 

मंगलवार पार्टीका महामन्त्री थापाको संसदीय दलको नेताको प्रस्तावकका रुपमा काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर नेता डा. कोईरालाले यस्तो बताएका हुन् । उनले आगामी पार्टी सभापतिको सहमतिको विषयमा भने भविष्यका दिनहरुलाई हेर्दै अघि बढ्ने बताए । 

उनले भने, ‘हामीहरुको बीचमा धेरै छलफल भयो । गगन थापाले भने जस्तै स्थायीत्व र निरन्तरताको लागि हामीले गगन थापालाई संसदीय दलको नेतामा अगाडि सारेका हौं । आगामी पार्टी सभापतिको सहमतिको विषयमा भोलीका दिनहरु हेर्दै जानुपर्छ । त्यो विषयमा गगन जीले बोलिसक्नुभएको छ ।’ 

काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । देउवाको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल रहेका छन् भने समर्थकमा पूर्णबहादुर खड्का छन् । 

साथै महामन्त्री थापाको प्रस्तावकमा भने डा. शेखर कोईराला रहेका छन् भने समर्थनमा महामन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ रहेका छन् । 

Skip This
Skip This
Logo