उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।
बुधवार नेपाल ट्रेड युनियन काँग्रेसले ललितपुरमा आयोजना गरेको कार्यक्रमा बोल्दै मन्त्री बडूले उद्योग क्षेत्रमा देखिएका नीतिगत तथा अन्य समस्या समाधान गर्न सरकार तयार रहेको बताएका हुन् । उनले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधार गर्न समस्या भएको बताए । सरकारले मुलुकको आयात तथा निर्यातलाई सन्तुलनमा ल्याउन कोसिस गरिरहेको उनले बताए ।
मन्त्री बडूले भने, ‘ट्रेड युनियन लामो समयदेखि उद्योग क्षेत्रमा काम गरिरहनुभएको छ । सरकारले कानून बनाउँछ । तर अफ्ठ्यारो कानूनले देखाउँछ भन्नुभएको छ । हामीले यति बेला हाम्रा समस्या कहाँ छन् । समस्या अहिले मुलुकको अर्थतन्त्रलाई सुधार गर्नु हो । मुलुकको आयात तथा निर्यातलाई सन्तुलनमा ल्याउन कोशिस गर्ने हो । मुलुक भित्र नै रोजगारी र उत्पादन बढाउने हो । त्यसको लागि उद्योगहरु भित्र राम्रो लोकतान्त्रिक सम्बन्ध राखेर सरकार जान तयार छ । उद्योग क्षेत्रका श्रमिकदेखि उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार छ ।’
मन्त्री बडूले पछिल्लो समय नेपालमा आन्तरिक तथा वैदेशिक लगानी कम मात्रामा आएको भन्दै चिन्ता व्यक्त गरे ।





























प्रतिक्रिया