कीर्तिमानी आरोही शेर्पालाई पर्यटनमन्त्रीको सम्मान

कीर्तिमानी आरोही शेर्पालाई पर्यटनमन्त्रीको सम्मान

केन्द्रबिन्दु
0
Shares

कीर्तिमानी आरोही सानु शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ । 

आरोही शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आज (बुधवार) मन्त्रालयमा नै बोलाएर सम्मान गरेका हुन् । उनले एक महिनाको आफ्नो मन्त्रीको तलव सम्मान स्वरुप ७० हजार ७ सय ३० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे । 

सम्मान कार्यक्रमपछि बोल्दै पर्यटनमन्त्री श्रेष्ठले हिमाल आरोहण गर्नेकुरा कम चुनौतिको विषय नभएको बताए । उनले आरोही शेर्पाले ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल दुई/दुई पटक आरोहण गरेर विश्व कीर्तिमानी कायम गरेको उपलक्ष्यमा आफूले सम्मानस्वरुप एक महिनाको तलव हस्तान्तरण गरेको बताए ।  

उनले भने- ‘आरोहणको पर्यटन क्षेत्रमा र विश्वकै सामु जुन एउटा महत्व छ त्यसलाई हामीले बिर्सिनु हुँदैन । सगरमाथाको आरोहण गर्ने व्यक्तिले आफ्नो पहिचान बनाइरहेको छ । उहाँले ७ पटक त सगरमाथा नै आरोहण गर्नुभएको छ । हाम्रो देश समृद्ध देश भएको भए यो विषय विश्वकै महत्वपूर्ण कुरा बन्थ्यो । सानु शेर्पाको विषयको चर्चा गरेको खण्डमा विश्वसामु नेपालको चर्चा झनै चुलिन्छ ।’

आरोही शेर्पाले अहिलेसम्म ७ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । 

Logo