सर्वोच्चको आदेश- चार्ल्स शोभराजलाई कैदमुक्त गर्नू, १५ दिनभित्र देश फर्काउनू

सर्वोच्चको आदेश- चार्ल्स शोभराजलाई कैदमुक्त गर्नू, १५ दिनभित्र देश फर्काउनू

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले विकिनी किलरका रुपमा चिनिएका कुख्यात अन्तर्राष्ट्रिय अपराधी फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले केन्द्रीय कारागार सुन्धारामा कैद रहेका शोभराजलाई आजैदेखि मुक्त गर्न र पन्ध्र दिनभित्र आफ्नै देश फर्काउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो। 

जेलभित्र असल चालचलन भएका ७० वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानूनी व्यवस्था छ । उक्त व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने शोभराजको जिकिर थियो । उनको जिकिरलाई अदालतले स्वीकार गरेको छ ।

‘१९ वर्ष कैद सजाय भोगी सकेको ७८ बर्ष उमेरको वृद्ध व्यक्तिलाई कानून प्रदत्त सुविधा तत्काल प्रदान नगरिएकोमा निजको संविधान प्रदत्त बाँच्न पाउने हक र एकान्त कारावास विरुद्धको हकमा समेत असर पर्न गई निवेदक अर्नेष्ट फेन्विक मेसिनताेष भन्ने फेन्विक मेसिनताेष वि. नेपाल सरकार गृह मन्त्रालय सिंहदरबार 'काठमाडौंसमेत भएको नं. ०७४- WH-०१११ को बन्दीप्रत्यक्षीकरण मुद्दा (ने.का.प. २०७५ नि.नं. १००८०) मार निवेदक गोपाल सिवाकोटी (चिन्तन)समेत वि. प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार काठमाडौंसमेत भएको नं. ०७६-४/0-०९३९ को परमादेश मुद्दा ने.का.प. २०७७, निःनं. १०५०९) मा यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेत बिपरितको अवस्था देखिएको हुँदा निजलाई निरन्तर कैदमा राखी राख्नु कैदी बन्दीको मानव अघ्रिकार मापदण्ड, संविधान तथा कानून प्रदत अधिकार अनुकूल देखिएन। बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ। अन्य मुद्दामा थुनामा राखु पर्ने नभए निजलाई आजै कैदबाट छाडी दिन तथा यो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत याे आदेश जारी गरिएको छ। सम्बन्धित जिल्ला अदालतमार्फत्‌ कारागार कार्यालय, जगन्लाथदेवल काठमाडौंमा छिटो साधनद्वारा आदेशको जानकारी पठाई दिनू।’ आदेशमा उल्लेख छ । 

हेर्नुहोस्, सर्वोच्चको आदेश-

Logo