अस्पाताल लानुपर्नेलाई सत्तामा पुर्याउँदा भ्रमपूर्ण कथा सुन्नुपर्यो–नेता गुरुङ

अस्पाताल लानुपर्नेलाई सत्तामा पुर्याउँदा भ्रमपूर्ण कथा सुन्नुपर्यो–नेता गुरुङ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता धनराज गुरुङले मानसिक सन्तुलन गुमाएकाहरुले गौतम बुद्ध भारतमा जन्मिएको भन्ने बताएका छन् । आइतबार ट्वीट गर्दै नेता गुरुङले त्यस्तो बताएका हुन् ।

भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा शनिबार आयोजित इण्डिया एट ७५ भर्चुअल सम्मेलनमा सम्बोधन गर्दै भारतीय विदेश मन्त्री जयशंकरले बुद्ध महान् भारतीय नागरिक भएको अभिव्यक्ति दिएका थिए ।

भ्रमवादी, अज्ञानी र मानसिक सन्तुलन गुमाएकाहरुलाई अस्पताल लान छोडेर सत्तामा पुर्याउँदा यस्ता भ्रमित कथा सुन्नु परेको नेता गुरुङको भनाइ छ । ‘ऐतिहासिक तथ्यहरुले भन्छ । बुद्ध नेपालमा जन्मिएका हुन् । भ्रमवादी, अज्ञानी, मानसिक सन्तुलन गुमाएकाहरुले भन्छन् । बुद्ध भारतमा जन्मिएका हुन् ।’–उनले ट्वीटरमा लेखेका छन्–‘यस्ता भ्रमवादी, अज्ञानी, मानसिक सन्तुलन गुमाएकाहरुलाई अस्पताल पु¥याउनुको बदला सत्ताको जिम्मेवारी सुम्पिंदा यस्तै भ्रमित कथाहरु सुन्नु पर्छ ।’

Skip This
Skip This
Logo