राजेन्द्र लिङ्देन भन्छन्- ‘काँग्रेस र एमाले मिलेर सरकार बनाओस्’

राजेन्द्र लिङ्देन भन्छन्- ‘काँग्रेस र एमाले मिलेर सरकार बनाओस्’

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाए मुलुकमा स्थिरता कायम हुने बताएका छन् । 

बिहीवार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । उनले अहिलेको गठबन्धनले बनाएपनि आफू प्रतिपक्षमा बसेर जनताका कामहरु गर्न तयार रहेको बताए । पार्टीले सोचेजस्तो सिट अझै ल्याउन नसकेको पनि उनले बताए । 

उनले भने, ‘भनेजस्तो साथीहरु अझै ल्याउन सकिएन । हामी आफ्नो जिम्मेवारी पूरा गर्न तत्पर छौँ । देश र जनताको हीतमा आफ्नो भुमिका हिजो भन्दा आज अझ सशक्त राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार निर्माणको प्रक्रियामा आफूलाई अघि सारेको छैन । नेपाली काँग्रेस र एमाले मिलेर सरकार बनोओस् भन्ने छ स्थिरताको लागि । नत्र अहिलेको गठबन्धनले बनाओस्, त्यो स्थिति नदेखिए हामी छलफल गर्नेछौँ । हामी सरकारमा जान अकारण समर्थन गर्दैनाैं । सरकार निर्माण र मन्त्री पदका लागि मात्रै समर्थन गर्दैनौँ ।’ 

अध्यक्ष लिङदेनले सुशासन, सेवा प्रवाहका हिसावले आउने सरकारले फरक ढंगले काम गरेमात्रै आफ्नो समर्थन रहने बताए । 

Skip This
Skip This
Logo