नेपाली काँग्रेसका महामन्त्री एवं नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आजबाट आफ्नो राजनीतिक जन्म भएको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा सांसद शर्माले यस्तो बताए । उनले पहिलोपटक सांसदको शपथ लिँदा आफूले जनताका विषयहरुलाई गम्भीरताका साथ लिएको बताए ।
महामन्त्री शर्माले भने- ‘म पहिलोपटक सांसदको रुपमा शपथ लिएर आएको छु । शपथ लिँदै गर्दा अक्षरहरु पढ्दै गर्दा लेखिएका अक्षरमा म केन्द्रित थिएँ । जन्मदिनकै सेरोफेरोमा यी गतिविधिहरु भएका छन् । जन्मदिनकै सेरोफेरोमा मैले राजनीतिक रुपमा अर्को जन्म भएको महशुस गरेँ । मैले इमान्दारितापूर्वक कार्य गर्नुपर्छ ।’
महामन्त्री शर्माले शपथ लिँदा गौरव गरेजति नै गम्भीरता पनि लिएको बताए ।































प्रतिक्रिया