देउवाले अडान नछाडेपछि बालुवाटारबाट बाहिरिए अध्यक्ष प्रचण्ड

देउवाले अडान नछाडेपछि बालुवाटारबाट बाहिरिए अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाहिरिएका छन्। 

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायत सत्ता गठबन्धनका शिर्ष नेताबीच नयाँ सरकार गठनका लागि बालुवाटारमा छलफल चलिरहँदा अध्यक्ष प्रचण्ड भने बाहिरिएका हुन् । 

गठबन्धनमा कांग्रेस र माओवादीले २/२ वर्ष सरकारको नेतृत्व गर्ने र एकीकृत समाजवादीले एक वर्ष नेतृत्व गर्ने सहमति भएको छ र । तर, प्रधानमन्त्री पहिले को बन्ने भन्ने विषयले सरकार गठनको प्रक्रिया नै अड्केको हो । अध्यक्ष प्रचण्डले पहिलो चरणमै आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेका छन् । जसमा देउवा सहमत छैनन् । 

शनिबार घनीभूत छलफलमा जुटेको गठबन्धनले कुनै निष्कर्ष निकाल्न सकेन । आइतबार बिहानैदेखि सरकार गठनका लागि सहमति जुटाउने गठबन्धनले प्रयत्न गरिरहेको छ । तर, दलहरु आ-आफ्नै अडानमा छन् ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि आह्वान गरेको म्याद आज साँझ ५ बजे सकिँदैछ ।

Skip This
Skip This
Logo