चितवन ।
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । यस सडकखण्ड अन्तर्गत शनिबार साँझ चितवनको इच्छाकामना–६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।
अहिले पनि पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो हटाउने काम शुरु गर्न नसकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो हटाउने उपकरण पहिरोस्थलमा तयारी अवस्थामा रहेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए। पहिरो झर्ने क्रम रोकिएपछि हटाउने काम शुरु गरिने उनले बताए।रासस































प्रतिक्रिया