पल शाहको मुद्दामा आज सुनुवाइ हुँदै

पल शाहको मुद्दामा आज सुनुवाइ हुँदै

केन्द्रबिन्दु
0
Shares

बलात्कार आरोप लागेका नायक पल शाहकाे मुद्दामाथि सोमबार सुनुवाइ हुने भएको छ । पाँचौँ पटक स्थगित भएको मुद्दाको सुनुवाइ सोमबार तनहुँ जिल्ला अदालतमा हुन लागेको हो। आजको सुनुवाइ न्यायाधीश कोमलप्रसाद आचार्यको बेञ्चमा एक नम्बरमा राखिएको छ। 

अभिनेता शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो। तर नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहार अभियोगमा साढे २ वर्षको कैद सजाय तोकेको छ। त्यसविरुद्ध पलले उच्च अदालत पोखरामा निवेदन दिएका छन्। गत फागुन ११ गते बालिकाका बुबाले आफ्नी बालिका छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए। शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफैँ सम्पर्कमा आएका थिए।

Skip This
Skip This
Logo