नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा सहभागी नहुने भएको छ ।
डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीसहित प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पार्टीका शीर्ष नेताहरुको छलफलपछि पार्टीले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई समर्थन गर्ने तर, तत्काल सरकारमा नजाने निर्णय गरेको हो ।
अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ३ सिटमा विजय हासिल गरेको छ । उसले रेशम चौंधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाई गरे मात्र सरकारमा सहभागी हुन सकिने संकेत गरेको छ ।





























प्रतिक्रिया