जाँदाजाँदै सञ्चारमन्त्रीले भनेः नेपाललाई आइटी हब बनाउनु पर्छ

जाँदाजाँदै सञ्चारमन्त्रीले भनेः नेपाललाई आइटी हब बनाउनु पर्छ

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई आइटी हब बनाउनुपर्ने बताएका छन् । 

सोमवार मन्त्रालयबाट बिदाइ हुने क्रममा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले नेपाल आइटी र शिक्षाको केन्द्र बन्न सबै किसिमबाट उपयुक्त भएको भन्दै देशलाई अबको ५ वर्षमा आइटी हबको रुपमा विकास गर्न जरुरी रहेको बताए ।  

सञ्चारमन्त्री कार्कीले नेपाली युवायुवतीहरु विदेशिन बाध्य भएको भन्दै देशका युवायुवतीहरुलाई घर, परिवार र आफ्नै समाजमा बसेर विदेशी मुद्रा आर्जन गराउने आइटी हब नेपाललाई बनाउनुपर्ने बताए । 

उनले भने, ‘हामीले हाम्रै देशका युवायुवतीहरुलाई हाम्रै घर परिवारसँग बसेर समाजमा बसेर एउटा ५० हजारको ल्यापटप किनेर विदेशी मुद्रा आर्जन गराउने आइटी हब नेपाललाई कसरी बनाउन सकिन्छ, त्यस दिशातर्फ हाम्रो ध्यान गम्भीर रुपले जान जरुरी छ । त्यस दिशातर्फ मुलुकलाई उन्मुख गर्न मेरो योगदान रहन्छ । हाम्रो देश आइटी हब हुनका निमित्त सबै हिसावले (क्लाइमेट, शिक्षा) लगायत सबै हिसावले आइटी हब बनाउन जरुरी छ । पूर्वाधार, जलश्रोतको विकास गरेर मुलुकले गति लिएको आभाष जनतालाई दिनुपर्छ ।’ 
 
साथै मन्त्री कार्कीले अबका दिनमा काँग्रेसले बदलिँदो परिस्थितिमा देशलाई केन्द्रमा राखेर र नेपाली जनतालाई केन्द्रमा राखेर अघि बढ्ने बताए । 

Logo