उपप्रधानमन्त्रीका रुपमा एमालेका नेता विष्णु पौडेल, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सपथ लिएका छन् ।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले सोमबार शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएसँगै आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जसमा उपप्रधानमन्त्रीत्रय पौडेल, लामिछाने र श्रेष्ठले सपथ लिएका हुन् ।
साथै एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई अर्थमन्त्रालय र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठलाई भौतिक पूर्वाधार र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । अर्थमन्त्री पौडेलले यसअघि पनि अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । त्यस्तै, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका नेता श्रेष्ठले यसअघि पनि परराष्ट्रमन्त्री र गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खान पनि मन्त्री बनेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ ।































प्रतिक्रिया