महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट राजीनामा दिएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सरकारका कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) खातीले पदबाट राजीनामा दिएका हुन् ।
सरकार फेरिएसँगै सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) पनि फेरिने प्रचलन छ । महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री प्रचण्ड समक्ष राजीनामा पेस गरेका हुन् ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले खातीलाई २०७८ साउन १ गते आफ्नो सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) नियुक्त गरेका थिए ।































प्रतिक्रिया