नेपाली काँग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा डेरा सर्न भाडामा घर खोजीमा लागेका छन् ।
बुढानीलकण्ठमा रहेको उनको घर मर्मत सम्भारका क्रममा रहेको र तत्काल सर्न नमिल्ने भएकाले उनको परिवार नयाँ घरमा सर्न लागेको देउवाका प्रमुख प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। नयाँ गठबन्धनबाट सोमबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री पदको शपथ लिएर सत्ता सम्हालेपछि निवर्तमान प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोडेका हुन् ।
तत्काल नै सर्नुपर्ने भए पनि उनी बस्ने नयाँ घरको टुङ्गो भने अहिलेसम्म लागेको छैन । प्रेस संयोजक परियारले भने, ‘दुई तीन वटा घर हेर्ने कार्य भएको छ, आज साँझसम्म टुङ्गो लाग्छ होला अनि सर्ने तय हुन्छ ।’ बुढानीलकण्ठको घरको मर्मत कार्य जारी भएकाले अझै सम्पन्न गर्न दुई तीन महिना लाग्ने जनाइएको छ ।































प्रतिक्रिया