मिनभवनमा मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते

मिनभवनमा मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको मिनभवनमा मोटरसाइकलको ठक्करबाट एक युवती गम्भीर घाइते भएकी छन् । 

मंगलबार बिहान ठेगाना नखुलेकी अन्दाजी २५ वर्षीया अस्मिता पराजुली घाइते भएकी प्रहरीले जनाएको छ । हाल उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ । नयाँबानेश्वरबाट तीनकुनेतर्फ जाँदै गरेको बाग्मती प्रदेश-०२-०२८ प ७६ १९ नम्बरको मोटरसाइकलले बिहान ११ बजे सडक पार गर्दै गरेकी युवतीलाई ठक्कर दिएको हो । 

मोटरसाइकलसहित चालकलाई प्रहरी वृत्त बानेश्वरले नियन्त्रणमा लिएको जनाएको छ । 

Skip This
Skip This
Logo