नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारसम्म बालुवाटार छाड्ने भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि उनले बालुवाटारस्थित प्रधानमन्त्रीको निवास छोड्न लागेका हुन् ।
बूढानीलकण्ठमा रहेको आफ्नो घरमा मर्मतको काम चलिरहेकाले निवर्तमान प्रधानमन्त्री देउवा धुम्वाराहीमा भाडाको घरमा सर्न लागेको उनको सचिवालयले जनाएको छ । बुढानीलकण्ठको घर निर्माण सकिन अझै तीन/चार महिना लाग्ने भएकाले उनी एग्रिमेन्टसहित भाडाको घरमा सर्न लागेका हुन् ।
सचिवालय स्रोतका अनुसार बुधबार नै सर्ने साइत रहेको छ ।
प्रधानमन्त्रीमा नियुक्तलगत्तै सरकारी निवास बालुवाटारमा सर्नुपर्ने भएपनि त्यो खाली नहुँदा यता प्रचण्ड खुमलटारमै बस्न बाध्य छन्। मुलुकको ४४औं प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकालका लागि पदभार ग्रहण गरेका उनलाई मंगलबार बिहानैदेखि खुमलटारमा भेट्न पुग्नेहरुको चाप बढेको छ। त्यसको व्यवस्थापन गर्न पर्याप्त ठाउँ नहुँदा बधाई दिन गएका उच्चपदस्तहरुलाई समेत सुरक्षा प्रबन्ध मिलाउन गाह्रो भएको बताइएको छ ।































प्रतिक्रिया