आज हिमाली भेगमा हिमपातको सम्भावना

आज हिमाली भेगमा हिमपातको सम्भावना

केन्द्रबिन्दु
0
Shares

आज देशका हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । जसका कारण क्रमशः चिसो बढिरहेको छ । आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने  विभागले जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागका अनुसार प्रदेश–१ को हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हिमपात र हुस्सु÷कुहिरोका कारण दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ ।

यसैबीच, आज बिहान काठमाडौंमाको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएकाे छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पौने ६ बजे काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस रहेकाे छ।

Skip This
Skip This
Logo