उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको अनुगमन गरेका छन्। उनी बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका हुन् ।
राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछानेले विभागको अनुगमन गरेका हुन् ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न कार्यालयको सेवामा सुधार गर्ने निर्णय पनि गरेको थियो । मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै लामिछाने सुशासनको पक्षमा काम गराउन एक्सनमा उत्रिसकेका छन् । उनी संचारकर्मी हुँदासमेत राहदानी बनाउने कार्यमा सेवाग्राहीले पाएको सास्तीबारे पटक पटक आवाज उठाउँदै आएका थिए ।































प्रतिक्रिया